• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असोज ९ शुक्रबार ०९:१०:००
समाचार

दुई लाख ४४ हजार नगदसहित १९ जुवाडे पक्राउ

मोहन विष्ट कञ्चनपुर
२०७७ असोज ९ शुक्रबार ०९:१०:००

जिल्ला प्रहरी कार्यालयको टोलीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– २ झलारीबाट जुवा खेलाउने साहुसहित १९ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जुवाडे  पक्राउ गरिएको प्रहरीले  जनाएको छ ।

स्थानीय डबलबहादुर ऐरले आफ्नै होटेलमा जुवा खेलाइरहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले बताए । उनका अनुसार साहु ऐरसहित १९ जुवाडे र खालबाट दुई लाख ४४ हजार रुपैयाँ बरामद गरिएको छ । पक्राउ पर्नेमा कैलाली र कञ्चनपुरका स्थानीय रहेका छन् । 

प्रहरीका अनुसार  कैलालीकाे गोदावरी नगरपालिकाका प्रकाश बोहोरा, घनश्याम खत्री, गोविन्द पाण्डे, नरेश रोकाया, सुरज बुढा, मीन गुरुङ, विक्रम सिंह, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका खकेन्द्र बोहरा, विष्णु भट्ट र शुक्लाफाँटा नगरपालिकाका एकेन्द्र सुनार, गगनबहादुर ऐर, बालकृष्ण राना, जयबहादुर ऐर, सुवर्ण विष्ट, हरिश जोशी, विक्रम भण्डारी, विनोद विष्ट, ज्ञानु ऐर र मीनबहादुर ठकुल्ला पक्राउ  परेका छन् ।  

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।