• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १८ बिहीबार १२:३५:००
समाचार

चुलियाे नेकपाकाे आन्तरिक अन्तर्द्वन्द्व : ओलीसँग असन्तुष्ट बनेका नेताहरूलाई भेट्दै प्रचण्ड

नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार १८ बिहीबार १२:३५:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको स्थायी समिति सदस्यहरूसँग छलफल गरेका छन् । 

बिहीबार बिहान आफ्नै निवास खुमलटारमा अध्यक्ष दाहालले नेताहरूसँग छलफल गरेका हुन् ।  पछिल्लो समय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीका शीर्ष नेताहरू असन्तुष्ट छन् । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेताहरू परामर्शमा जुटेका हुन् । मंगलबार र बुधबारको स्थायी समिति बैठकमा नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद सतहमा आएको हो ।

बुधबार बिहान ओलीले मन्त्रिमण्डलका केही सदस्य र आफ्नो पक्षका नेताहरूसँग छलफल गरेपछि साँझ अध्यक्ष दाहाल र नेपाल पक्षका नेताहरूको समेत छुट्टै बैठक बसेको थियो । 

दाहालले आफ्नो निवासमा स्थायी समिति सदस्यहरूलाई आज बिहान छलफलका लागि बोलाएपछि ओली पक्षका नेताहरूसमेत सहभागी भएका थिए । 

छलफलमा सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्यहरू रघुवीर महासेठ, वर्षमान पुन, सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे, पम्फा भुसाललगायतको सहभागिता रहेको थियो ।