Skip This
Skip This
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १८ बिहीबार १२:१५:००
समाचार

सलह नियन्त्रण प्रयास : टोखा नगरपालिकाले प्रतिकिलो ५० रुपैयाँ दिने, ललितपुरले पनि प्रोत्साहन रकम दिने

नयाँ पत्रिका काठमाडौं
२०७७ असार १८ बिहीबार १२:१५:००

सलहको आतंक फैलिन थालेपछि काठमाडौं उपत्यकाका स्थानीय तहले पनि नियन्त्रणको पूर्वतयारी थालेका छन् । 

सम्भावित क्षति कम गर्न नगरपालिकाहरूले किसानलाई पूर्वसतर्कता अपनाउन पनि आग्रह गरेका छन् । 

ललितपुर महानगरपालिका र टोखा नगरपालिकाले सलह समातेर वडा कार्यालयमा बुझाउनेलाई प्रोत्साहन रकम दिने घोषणा गरेका छन् । 

टोखाले प्रतिकिलो ५० रुपैयाँ उपलब्ध गराउने सूचित गरेको छ भने ललितपुर महानगरपालिकाले पनि संघीय सरकारको नियमानुसार उपलब्ध गराउने जनाएको छ । 

सलह साँझपख बोटबिरुवामा झुन्ड अवस्थामा बस्ने भएकाले यसलाई भगाउन थाल, मादल, टिन ठटाउने, खेतीबालीलाई संरक्षणका गर्न झुलले बालीलाई ढाकेर जोगाउन सकिने भन्दै किसानलाई पूर्वसचेत गराएका छन् । 

ललितपुर महानगरले सलह देखिएमा मालाथियन ३ एमएललाई एक लिटर पानीमा वा क्लोरोपाइरिफस नामक विषादी दुई एमएल प्रतिलिटर पानीमा घोली विषादी बनाएर किरामा पर्ने गरी स्प्रे गरेमा नष्ट गर्न सकिने किसानलाई सुझाब दिएको छ । 

सलह आएको थाहा पाएमा तुरुन्तै नगरपालिकाको कृषि शाखालाई जानकारी दिन पनि नगरपालिकाले आग्रह गरेका छन् । 

यसअघि बागमती प्रदेश सरकारले सलह समातेर बुझाउनेलाई प्रतिकिलो ३० रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।

यस्तै, प्रदेश ५ ले २० र सुदूरपश्चिम प्रदेशले २५ रुपैयाँसम्म प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।