• वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
२०८० असोज ९ मंगलबार ०९:३८:००
समाचार

दुई लाख २९ हजार नगदसहित कावासोतीमा तास खेलिरहेका आठजना पक्राउ 

२०८० असोज ९ मंगलबार ०९:३८:००

पूर्वी नवलपरासीको कावासोतीमा तास खेलिरहेका आठजना पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले नगद दुई लाख २९ हजार नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती– २ मालपोत चोकमा रहेको गोविन्द न्यौपानेको घरमा तास खेलिरहेका आठजनालाई गएराति पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कावासोती– २ निवासी ४२ वर्षीय सुन्दर श्रेष्ठ, कावासोती– ३ निवासी ३८ वर्षीय श्याम भट्टराई, कावासोती– ११ निवासी ३९ वर्षीय ज्ञानेन्द्र महतो, कावासोती– २ निवासी २८ वर्षीय नारायण उपाध्याय, कावासोती– २ निवासी ३९ वर्षीय गोविन्द शर्मा न्यौपाने, कावासोती– ३ निवासी ४८ वर्षीय दानबहादुर सिँजाली, कावासोती– २ निवासी ४० वर्षीय खिम लामिछाने र कावासोती– ३ निवासी ४२ वर्षीय फडेन्द्र भण्डारी  रहेका छन् । पक्राउ परेकालाई आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यस्तै, गएराति नवलपुर प्रहरीले दुई कार्टुन पटकासमेत बरामद गरेको छ । पश्चिम नवलपरासीबाट लु.२ख ८१११ नम्बरको बसको डिक्कीमा लुकाइछिपाई ल्याएको अवस्थामा दुई कार्टुन पटका प्रहरीले बरामद गरेको हो ।