• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १५ सोमबार ०७:४२:००
समाचार

विवरण नदिने अस्पताल सार्वजनिक गर्दै महानगर

नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १५ सोमबार ०७:४२:००

काठमाडौं महानगरपालिकाले लक्षितवर्गको उपचारका लागि १० प्रतिशत शड्ढया नछुट््याउने अस्पतालको नाम सार्वजनिक गर्ने भएको छ । स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेलाई कारबाहीका लागि संघ र प्रदेश सरकारलाई सिफारिस गर्ने र यति गर्दा पनि अटेर गरे स्वास्थ्य संस्थाको प्रशासन बन्द गरिनेछ ।

महानगरले विवरण बुझाउन यसअघि नै सार्वजनिक सूचना जारी गरिसकेको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार स्थानीय तहलाई छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुलमध्ये १० प्रतिशत शड्ढया छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

यस व्यवस्थाबमोजिम अतिरिक्त लक्षितवर्गका बिरामीले निःशुल्क सेवा लिएको विवरण टाँस गर्न, उक्त विवरण प्रत्येक महिनाको १० गतेसम्म पठाउन महानगरको आग्रह छ ।यससँगै सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्नेजस्ता दायित्व पूरा गर्न अनुरोध गरेको छ ।