• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गगन अयडी बाजुरा
२०८० जेठ १५ सोमबार ०६:०४:००
फ्रन्ट पेज

२८ वर्षपछि दलित बस्तीमा धारा

गगन अयडी बाजुरा
२०८० जेठ १५ सोमबार ०६:०४:००

बाजुराको त्रिवेणी नगरपालिका– २ सिम्लामा ५० भन्दा बढी दलित परिवार छन् । यो वस्तीमा ०५१ मा तत्कालीन जिविसले एउटा धारा निर्माण गरिदिएको थियो । तर, ७५ वर्षीय नयाँ चदाराका अनुसार उक्त धारामा केही दिनपछि नै पानी आउन छाड्यो । त्यसयता खोलाको दुषित पानी पिउन बाध्य दलित वस्तीमा २८ वर्षपछि पानी पुगेको छ ।

यही वडामा अन्य साढे ११ सय घरधुरी गैरदलित छन् । ती वस्तीमा भने विगतदेखि नै पानीको धारा छन् । खानेपानीको एउटै मुहान भएका कारण गैरदलितहरूले आफ्नो वस्तीमा ल्याउन नदिएको र उनीहरूको धारामा पनि पानी भर्न नदिएको वृद्ध चदाराको आरोप छ ।

वडाध्यक्ष वीरबहादुर विकले दलित समुदायलाई नगरपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा मुहानको शुद्ध पानी खुवाउन सफल भएको बताए ।