• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १४ आइतबार १०:४३:००
अर्थ

घलेम्दी हाइड्रोको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल  

नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १४ आइतबार १०:४३:००

घलेम्दी हाइड्रो लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । शुक्रबार भएको सम्झौतामा घलेम्दी हाइड्रोका अध्यक्ष किशोर सुवेदी तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । 

कम्पनीका सचिव अनिल पौडेलका अनुसार सांग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवद्र्धित छुजुङ खोला जलविद्युत् आयोजना ६३ मेगावाटमा ५१ प्रतिशतभन्दा बढी सेयर कायम हुने गरी १ः२ हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसअघि मिति ०८० वैशाख १६ गते सम्पन्न साधारणसभाबाट हकप्रद सेयरसम्बन्धी प्रस्ताव उल्लिखित सेयरधनीको सहभागितासाथ पारित गरेको थियो ।