• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ११:१४:००
स्वास्थ्य र जीवनशैली

कस्तो हुनुपर्छ अध्ययन कक्ष ?

नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १२ शुक्रबार ११:१४:००

- घर पवित्र राख्नका लागि नकारात्मक ऊर्जालाई टाढा राख्नुपर्छ । यसका लागि वास्तुशास्त्रका धेरै नियम छन् । घरको वातावरण सकारात्मक हुन सके मात्रै अध्ययनमा ध्यान जान्छ । यसका लागि अध्ययन कक्षलाई हामीले व्यवस्थित राख्नुपर्ने हुन्छ । 

- अध्ययन कक्षमा भोजन कहिल्यै नगर्नुस् । यदि, कहिलेकाहीँ भोज गरिहाल्नुभयो भने जुठो भाँडालाई तत्कालै बाहिर लग्नुस् । अध्ययन कक्षमा जुठो भाँडा राख्दा पढाइमा मन लाग्दैन । विद्यार्थीको ध्यानलाई यस्ता सामग्रीले पटक–पटक भंग गर्छ । 

- विद्यार्थीले ईशान कोण (उत्तर–पूर्व)तर्फ फर्किएर पढाइ गर्नुपर्छ । यस दिशामा पढ्न सम्भव नभए पूर्व, उत्तर वा पश्चिम दिशामा फर्किएर पढ्नुपर्छ । दक्षिण दिशामा फर्किएर पढ्नु शुभ मानिदैन । 

- अध्ययन कक्षमा पूर्व–उत्तरतर्फ झ्याल राख्नु सबैभन्दा राम्रो मानिन्छ । यस कोठाको छत पिरामिड आकारको छ भने निकै राम्रो हुन्छ । स्टडी टेबलमा सानो पिरामिड पनि राख्न सकिन्छ । 

- पढ्दाको समय आसपासको वातावरण शुद्ध र सुगन्धित हुनुपर्छ, कोठामा दुर्गन्ध हुनुहुँदैन । 

- पढाइको टेबलमा आवश्यक सामग्री मात्रै हुनुपर्छ । अनावश्यक सामग्री तत्कालै हटाउनुस् । नत्र, मन भड्किन सक्छ । 

- ब्रह्म मुहूर्तको समय पढ्नका लागि सबैभन्दा राम्रो हो । सूर्योदयअघिको समय अर्थात् ४ः३० बजेदेखि बिहान १० बजेसम्म पढ्नु लाभदाय मानिन्छ । राति धेरै ढिलासम्म पढ्नु स्वास्थ्यका लागि ठीक होइन । अध्ययन कक्षमा आफ्ना प्रिय देवी–देवता तथा प्रेरक व्यक्तिहरूका फोटो राख्न सकिन्छ ।