• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी नयाँदिल्ली
२०७९ माघ २६ बिहीबार १०:२९:००
विश्व

प्रधानमन्त्री मोदीले गरे अडानीसँगको सम्बन्धको बचाउ

एजेन्सी नयाँदिल्ली
२०७९ माघ २६ बिहीबार १०:२९:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको उद्योगपति गौतम अडानीसँगको घनिष्ठ सम्बन्धबारे विपक्षी नेता राहुल गान्धीले गरेको आलोचनाको बुधबार अप्रत्यक्ष तरिकाले बचाउ गरेका छन ।

मोदी र भारतीय जनता पार्टीका विरोधीहरूले अडानीको तीव्र उदयमा प्रधानमन्त्री मोदीको हात रहेको आरोप लगाउने गरेका छन् ।

मोदीले अडानीसँगको सम्बन्धबारे संसद्मा केही नबोले पनि आफूमाथि लागेका आरोपबारे भारतीय जनताले बुझेको बताए । मोदीले भने, ‘जनतालाई संकटको समयमा मोदीले उनीहरूलाई सहयोग गरेको थाहा छ । जनता तपाईंको गाली र आरोपसँग कसरी सहमत होलान् र ?’