• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका राजविराज
२०७९ माघ १४ शनिबार २०:३०:००
मुख्य समाचार

नेता नेपाल भन्छन्- राजनीतिमा हारजित भइरहन्छ  

नयाँ पत्रिका राजविराज
२०७९ माघ १४ शनिबार २०:३०:००

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरू मात्रै सफल हुने बताएका छन्। 

राजविराजमा आज आयोजित अगुवा एकीकृत समाजवादीको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै नेपालले राजनीति चुनावमा हारजित भइरहने भएकाले आत्तिन नहुने बताएका हुन्। ‘हार भन्ने कुरा सधैँ भइरहँदैन, बाधा, अवरोध पन्छाउँदै अगाडि बढेमा हारपछि जित हुन्छ,’ नेपालले भने। 

भारतमा पनि जवाहारलाल नेहरू, इन्दिरा गान्धी हुँदा जितिरहेको कांग्रेस (आई) अहिले हारिरहेको र भाजपाले जितिरहेको उदाहरण दिनुहुँदै उनले कांग्रेस (आई)ले अहिले सुरु गरेको देशव्यापी अभियानमा लाखौँलाख मानिसहरू जोडिएर नयाँ तरंग सिर्जना गरिरहेको बताए। 

उनले जनताको सम्मान गर्ने विचार भएको पार्टीका कार्यकर्ताहरूलाई हिम्मत नहार्न बारम्बार आग्रह गर्दै समानुपातिक मतदानमा कमजोरी र बेवास्ता भएकाले आशा गरेअनुसार परिणाम प्राप्त नभएको बताए।