• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ माघ ८ आइतबार १७:०४:००
साहित्य

‘सनेस’ लिएर आइन् कथाकार जिसी

नयाँ पत्रिका काठमाडौँ
२०७९ माघ ८ आइतबार १७:०४:००

कथाकार रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’ राजधानीमा आयोजित एक कार्यक्रमबीच लोकार्पण भएको छ। समीक्षक राजकुमार बानियाँ, प्राडा. ज्ञानु अधिकारी, लेखक जिसी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा कृति लोकार्पण गरेका हुन्।

सनेसमा तराई र पहाडी परिवेशमा लेखिएका १२ वटा कथा रहेका छन्। कृतिमाथि टिप्पणी गर्दै समीक्षक अधिकारीले पहाड र तराईका महिलाका विषय सुन्दर रूपमा कथामा आएको बताइन्।

यस्तै, अर्का समीक्षक बानियाँले कृतिमा उठाएका केही घटना नयाँ रहेको र लेखको प्रयास राम्रो रहेको बताए। आफ्नो भनाइ राख्दै लेखक जिसीले शिक्षण पेसामा हुँदा अनुभूत गरेका विषय र समाजको अध्ययन गरी कथा लेखेको बताइन्।

शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ३७५ रुपैयाँ रहेको छ।