काठमाडौं/ प्रवासी नेपाली मञ्चको अधिवेशनबाट अध्यक्षमा तीन आकांक्षी देखिएका छन्। वतर्मान अध्यक्ष रमेश पाण्डे, सचिव चाणक पोखरेल र उपसचिव प्रभुराम थापा आकांक्षी देखिएका हुन्।
उनीहरूमध्येबाटै नयाँ नेतृत्वसहितको पदाधिकारी टिम सर्वसम्मत बनाउने गरी प्रवासी नेपाली मञ्च क्षेत्र हेर्ने एमाले नेताहरूले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्या भण्डारी र महासचिव शंकर पोखरेल, सचिव भानुभक्त ढकाल, डा. राजन भट्टराईलगायतसँग सम्पर्क र समन्वय गरेर आन्तरिक गृहकार्य चलाइरहेका छन् । पूर्वअध्यक्ष भक्त गुरुङले मञ्च विस्तारित हुँदै जाँदा यसले समेट्नुपर्ने क्षेत्र र मुद्दाहरूसमेत धेरै भएकाले सबैको भावना समेटिने गरी सशक्त र प्रभावकारी टिम चयनका लागि पहिलो विकल्पका रूपमा सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि प्रयास भइरहेको बताए।
दुई दिनसम्म चल्ने अधिवेशनको उद्घाटन एमाले वरिष्ठ नेता विद्या भण्डारीले थापाथलीस्थित कार्की बैंक्वेटमा गरेकी थिइन्। अधिवेशनलाई महासचिव शंकर पोखरेलेसहित करिब एक दर्जन एमाले नेताहरूले सम्बोधन गरेका थिए।