कोशी प्रदेशको नीति तथा कार्यक्रम : हिमाली र पहाडी क्षेत्रको बसाइँसराइ नियन्त्रण गरिने

शुक्रबार, ८ जेठ, २०८३
डिजिटल संस्करण

कोशी प्रदेश सरकारका प्रदेश प्रमुख परशुराम खापुङले सरकारको आगामी आर्थिक वर्ष ०८३/८४ का लागि बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । पुरानै योजना र कार्यक्रमहरू समावेशलाई निरन्तरता दिइएको नीति तथा कार्यक्रममा हिमाली र पहाडी क्षेत्रमा भएको बढ्दो बसाइँसराइ नियन्त्रणलाई जोड दिइएको छ । 

विगतमा जस्तै खानेपानी र पूर्वाधारमा जोड, हिमाल र पहाडी क्षेत्रमा लगानी गर्नेलाई प्रोत्साहन, निजी क्षेत्रको लगानी प्राथमिकता, पर्यटन पूर्वाधारको संरक्षण र स्थानीय अर्थतन्त्र सबल बनाइने नीति कार्यक्रममा उल्लेख छ । चिया तथा कफीको विकासका लागि चिया अनुसन्धान तथा प्रशोधन प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने र अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गराउने पुरानै प्रतिबद्धताहरू पनि दोहोर्याइएको छ । 

त्यस्तै, ठेक्का प्रणालीलाई समयसीमासहित सञ्चालन गराउन, प्रत्येक जिल्लामा भौतिक गुणस्तर परीक्षण गराउने, मनमोहन प्राविधिक विश्वविद्यालयको ल्याब उपयोगमा ल्याउने कार्यक्रममा उल्लेख छ ।  

नीति कार्यक्रममा ०८३ देखि साउनसम्म कोशी प्रदेश भ्रमण वर्ष मनाउने घोषणा गरिएको छ । निर्माण भएका पदमार्ग र होमस्टेहरूको सञ्चालनमा जोड दिने, साहसिक पर्यटनलाई व्यवस्थित गर्ने, हिमाल आरोहरणलाई प्रदेश सरकारमातहत ल्याउने, विराटनगर विमानस्थललाई प्रादेशिक विमानस्थलमा विकास गराएर अन्तरप्रदेश उडान गराउने नीति कार्यक्रममा समावेश छन् ।  

सुझावित समाचार