प्युठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्यो, तीनजना बेपत्ता

बिहिबार, ११ मंसिर, २०७७
डिजिटल संस्करण

प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खसेको छ । बिहान साढे ५ बजे चितवनको इच्छाकामना गाउँपालिका– ४ स्थित पृथ्वी राजमार्गको नागदी खोला भन्ने स्थानको सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको हो ।  
 
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार लु.१च ९७३१ नम्बरको पिकअप भ्यानमा चालकसहित दुई पुरुष र दुई महिला गरी चारजना सवार थिए । चारमध्ये तीनजना बेपत्ता भएको प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

प्युठानका ३८ वर्षीय  मुकुन्दबहादुर रोक्का भने नदीबाट पौडिएर बाहिर आएको थापाले बताए । उनकी श्रीमती  ३३ वर्षीया जमुना रोक्का, उनकी १५ वर्षीया छोरी जिनिसा रोक्का  र भ्यानचालक  प्युठान झिम्रुक गा.पा. १ बस्ने २३ वर्षीय सूर्य केसी बेपत्ता छन् ।

मुकुन्ददम्पती छोरी जिनिसाको उपचारका लागि काठमाडौं जाँदै थिए । पौडिएर बाँच्न सफल मकुन्द घाइते अवस्थामा रहेको र उनको अहिले चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

त्रिशूली नदीमा खसेको पिकअप भ्यान नदीमा पूरै डुबेको  छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीद्वारा बेपत्ता भएकाहरूको खोजीकार्य भइरहेको छ ।  

सुझावित समाचार