मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ फाल्गुण ८ बिहीबार ०९:५५:००
Read Time : < 1 मिनेट
समाचार

दाेलखाकाे भिमेश्वर शिलामा पसिना, प्रमुख जिल्ला अधिकारीसहित दर्शन गर्नेकाे भिड 

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण ८ बिहीबार ०९:५५:००

दोलखाको प्रसिद्द मन्दिर भिमेश्वर शिलामा पसिना आएको छ । बिहीबार विहान ६ः३० बजेबाट सिलामा एक घण्टासम्म लगातार पसिना आएको हो । 

मन्दिरको शिलामा पसिना आएपछि देशमा अशुभ घटना हुन सक्ने जनविश्वास छ । सुरुमा नियमित पूजाआजा गर्ने क्रममा टहलुवाका काशिनाथ श्रेष्ठले शिलामा पसिना आएको देखेपछि स्थानीयलाई खबर गरेका थिए ।

शिलामा पसिना आएपछि यतिबेला मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । श्रेष्ठका अनुसार शिलाको दाहिने भागमा पसिना आउँदा राजखानदान वा सरकारलाई अशुभ हुने र देब्रे भागमा पसिना आउँदा जनातालाई अशुभ हुने जनविश्वास छ । शिलामा पसिना आएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मासहितको सरकारी टोली पूजाका लागि  मन्दिर गएका छन् ।