१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १३ शुक्रबार १७:oo:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रानीपौवा–त्रिशूली सडक ११ वर्षदेखि बेहाल [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार १७:oo:oo

काठमाडौंलाई नुवाकोटसँग जोड्ने मुख्य पासाङल्हामु सडकखण्ड ११ वर्षदेखि अस्तव्यस्त छ। दुई खण्डमा सडक विस्तार र कालोपत्रेको काम थालिए पनि हाल एउटा खण्डमा मात्रै काम भएको छ। अर्को खण्ड भने बेहाल अवस्थामा छ।

भारतीय ठेकेदार कम्पनीले जिम्मा लिएको रानीपौवादेखि त्रिशूलीसम्म ३२ किलाेमिटर सडकखण्ड अस्तव्यस्त छ। यो सडकखण्ड निर्माणका लागि ४५ करोडमा ठेक्का लगाइएको थियो। तर, ठेकेदार कम्पनीको बदमासीकै कारण सडकखण्ड हिलाम्य र धुलाम्य छ। जसले गर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।

११ वर्षअघि नै भारतीय ठेकेदारलाई सडक ठेक्का लगाइएको थियो। तीनपटकसम्म पनि ठेक्का लगाउँदा काम नभएपछि तोडिएको थियो। 

ठेक्का तोड्ने वेलासम्म करिब ४६ प्रतिशत भौतिक प्रगति र ३० प्रतिशत आर्थिक खर्च भइसकेको थियो। भौतिक प्रगतितर्फ केही साइटमा चौडा गर्ने र ग्राभेलको काम भएको थियो। तर, लामो समयसम्म पनि कालोपत्रे नभएपछि ग्राभेल गरेको सडक खाल्डाखुल्डीमा परिणत भएको छ।

थप हेर्नुस् भिडियाेमा :