
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ का लागि ६ प्रमुख खेलाडीहरूलाई रिटेन (टिममा कायम) गर्ने निर्णय गरेको छ।
लुम्बिनीले मार्की खेलाडी रोहितकुमार पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतमलाई टिममा रिटेन गरेको हो। सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैया, विकास अग्री र आरिफ खान भने रिलिज भएका छन्।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले पहिलो संस्करणमा टिममा रहेका सम्पूर्ण खेलाडीहरूलाई विशेष धन्यवाद दिँदै भने, ‘उहाँहरूको योगदान अमूल्य रह्यो र उहाँहरू सधैँ हाम्रो परिवारकाे हिस्सा रहनुहुनेछ । हामी उहाँहरूलाई सधैँ सम्झिरहनेछौँ र भविष्यमा फेरि एउटै जर्सीमा उहाँहरूलाई पाउनु पनि सम्भव हुन सक्छ भन्ने आशा राख्दछौँ।’