१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ११ बुधबार
  • Wednesday, 25 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ११ बुधबार १५:३३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मेटलाइफ नेपालको वार्षिक बिमालेख पुनर्जागरण अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ११ बुधबार १५:३३:oo

मेटलाइफ नेपालले आफ्नो वार्षिक बिमालेख पुनर्जागरण अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूलाई आफ्ना व्यतित जीवन बिमा पोलिसीहरू पुनः सक्रिय गरी भविष्य सुरक्षित राख्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ।

यस अभियानअन्तर्गत म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा १०० प्रतिशत तथा पाँच वर्षभन्दा बढी समयदेखि व्यतित भएका पोलिसीहरूमा ६० प्रतिशत विलम्ब शुल्क मिनाहा हुनेछ। यसले ग्राहकहरूलाई पोलिसी पुनः सक्रिय गर्न सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ।

बिमालेख पुनर्जागरण गर्ने आवेदन फारम कम्पनीको वेबसाइटमा उपलब्ध छ भने प्रिमियम भुक्तानी इ–सेवा, कनेक्ट आइपिएस वा वन बाई मेटलाइफ एपमार्फत गर्न सकिन्छ।