१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
सौरभ यादव राजविराज
Invalid date format १९:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजविराजका वडाध्यक्षले दिए कार्यवाहक नगर प्रमुखमाथि ज्यान मार्ने उद्योगको जाहेरी

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १९:५३:oo

सप्तरीको राजविराज नगरपालिका–९ का वडाध्यक्ष जबाहर यादवले पालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परबिनसहितका उपर ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार उनले परबिनसहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका हुन्। कार्यवाहक नगरप्रमुखका श्रीमान् समीम अख्तर अली, पालिकाका करार इन्जिनियर फिरोज खान, लेखा अधिकृत शत्रुधनलाल दास, स्थानीय सनाउद्दिन खान, मो सजादमाथिसमेत जाहेरी परेको छ।

प्रमुख प्रशासकीय अधिकृतको विषयमा राजविराज नगरपालिकामा आन्दोलन हुँदा कार्यवाहक नगरप्रमुख पक्षले ताल फुटाउन गएको वेला प्रतिकार गर्दा ज्यान मार्ने प्रयास गरेको वडाध्यक्षको भनाइ छ। उनले घटनाको अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।‌

त्यस्तै, नगरपालिकाका योजना अधिकृत मनोज यादवले पनि कार्यवाहक नगरप्रमुख परबिन र मो. सजादविरुद्ध प्रहरीमा निवेदन दिएका छन्। उनीहरूले आफूलाई गालीगलौज तथा हातहतियारले कुटपिट गरेकाले घाउ जाँच र क्षतिपूर्ति दिलाउन माग गरेका छन्।‌

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आर्थिक वर्षको अन्ततिर उपसचिवस्तरका हाकिम डा. श्रवणकुमार साहलाई सरुवा गराएर नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्र यादवलाई निमित्त कार्यालय प्रमुख बनाएपछि दुई पक्षबिच विवाद भएको थियो। कार्यवाहक नगरप्रमुख इसरत परबिनले भ्रष्टाचार गर्न मन्त्रालयसम्मै रकमको चलखेल गरी आफूअनुकूल हाकिम बनाएको भन्दै निलम्बित नगरप्रमुख भीमराज यादव नेतृत्वको टोलीले नगरपालिकामा तालाबन्दी गरेको थियो।‌

उनीहरूले पालिकामा ताला लगाएर निमित्त हाकिम‌ फिर्ता गरी उपसचिवस्तरकै हाकिम पठाउन माग गरिरहँदा कार्यवाहक नगरप्रमुखको टोलीले ताला फोडेर निमित्त हाकिमलाई हाजिर गराएका थिए। त्यसपछि दुई पक्षबिच द्वन्द्व भएको थियो।