
सभामुख देवराज घिमिरे र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबिच छलफल भएकाे छ।
छलफलमा सभामुख घिमिरेले बजेटकाे छलफल गर्नुपर्नेमा पछाडि धकेलिसकेको बताए। `यसलाई पास गरेर १५ दिनअगावै राष्ट्रिय सभामा पठाउन हामीलाई समयको चाप बढ्यो,´ सभामुख घिमिरेले भने, `सँगसँगै निजामती, नागरिकता विधेयक हामी पारित गर्ने अवस्थामा पुगिसक्या छौँ। यी संघीयतासँग जोडिएका विषय हुन्। हामीले समयमै गरे काम अगाडि बढाउन सकिन्छ।´
जवाफमा प्रचण्डले सदन खाेल्न सहमतिको भाषामा विपक्षीबिच छलफल भइरहेकाे बताए। `यो टुंग्याएर हामी आजै सत्तापक्षसँग बसेर संसद् अवरोध खोल्ने विषयमा एउटा धारणा ल्याउँछौँ। यसको अगुवाइ म गर्छु,´ उनले भने।
सभामुख घिमिरेले तपाईंले इनिसियसन लिदिनुस् भनेका थिए।
अध्यक्ष प्रचण्डले सहमतिको भाषामा केही साथीहरूको केही कुरा छन्, छलफल गर्छौँ भनेकाे सभामुखका सञ्चा विज्ञ शेखर अधिकारीले बताए।