१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २६ सोमबार
  • Monday, 09 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २६ सोमबार १o:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वित्तीय साक्षरतासम्बन्धी स्वावलम्बनको कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २६ सोमबार १o:३o:oo

 स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ । लघुवित्तको सिन्धुली शाखाले कमलामाई नगरपालिका– ९ मा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्य तथा अभिभावक र अन्य सरोकार पक्षलाई बचत तथा कर्जा व्यवस्थापनसम्बन्धी जानकारी दिइएको थियो । 

कर्जाको सदुपयोग, उद्यमशीलता विकास, स्थानीय स्रोत–साधनको प्रयोग गरी आय–आर्जन वृद्धि गर्ने उद्देश्यसहित कार्यक्रममा आयोजना गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि कमलामाई नगरपालिकाका अध्यक्ष विनोद प्रधानले सदस्यलाई धेरै संस्थामा कारोबार नगरी कर्जाको उचित सदुपयोग गरी समृद्घ तथा उद्यमी बन्न सुझाव दिए । त्यस्तै, विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय भिमानका प्रहरी नायब निरीक्षक दीपककुमार पोखरेलले सबैलाई उद्यमी बनी आय–आर्जन वृद्धि गर्न बैंक वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने भएकाले त्यसको सदुपयोग गर्न सुझावसमेत दिए ।

त्यसैगरी, शाखा प्रबन्धक जानकीकुमारी बानियाँले सरल तरिकाले कर्जा प्रवाह गर्दै आएको र उद्यमी बन्न इच्छुकलाई संस्थाले आवश्यक सरसल्लाह पनि दिने गरेको बताइन् । कार्यक्रममा कर्जा बिमा रकम भुक्तानी तथा एसइईमा उत्कृष्ट स्थान प्राप्त गर्ने सदस्यका छोराछोरीलाई छात्रवृद्धिबापत नगद तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो ।