
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज बिहीबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो। उक्त रिटमा गत मंगलबारदेखि सुनुवाइ जारी छ।
गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै लामिछानेले पत्नी निकिता पौडेलमार्फत गत ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो।