१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २ शुक्रबार १७:o२:oo
Read Time : < 1 मिनेट
समाचार

बानेश्वरमा विद्यालय जान लागेका बालकको कारको ठक्करबाट मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १७:o२:oo

हजुरआमासँग विद्यालय जाने क्रममा कारको ठक्करबाट काठमाडौंको बानेश्वरमा तीन वर्षीय बालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका– ३१, कात्यायनी चोकस्थित सडकमा कात्यायनीबाट भीमसेनगोलातर्फ जाँदै गरेको बा.प्र ०१–०३१ च ९५६३ नम्बरको गाडीको ठक्करबाट शुक्रबार बिहान पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने भारत सीतामढी घर भएका ४० वर्षीय आलोककुमार झाको छोरा तीन वर्षीय शिवांश झाको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकलाई हजुरआमाले हात समाएर विद्यालय लैजाँदै थिइन्। त्यही क्रममा उनी एक्कासि हात छाडेर दौडिएको र त्यही क्रममा कारले ठक्कर दिएको थियो । कारचालक रमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनी तारा एयरका पूर्वपाइलट हुन्।