१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
Invalid date format १६:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३२औँ मदन–आश्रित स्मृति दिवस मनाउँदै एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३o:oo

नेकपा (एमाले)ले जनताको बहुदलीय जनवादका प्रणेता तथा तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित (मदन–आश्रित)को ३२औँ स्मृति दिवस शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी विशेष रूपमा मनाउने भएको छ।

एमालेले स्मृति दिवस मनाउन पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र गरी स्मृति सभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यहरू सम्पादन गर्न निर्देशन गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

एमालेले केन्द्रीयस्तरमा मदन नगर बल्खुमा बिहान ८ बजे स्मृति कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मदन–आश्रित परिवारका सदस्यहरूलाई निमन्त्रणा गरिएको उनले बताए।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मदन–आश्रित स्मृति दिवसलाई ऐतिहासिक बनाउनुपर्ने बताउँदै त्यसअनुसार तयारी गर्न निर्देशन दिइसकेका छन्। तत्कालीन एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको दुर्घटनामा निधन भएको जेठ ३ गते ३२ वर्ष पुग्दै छ। उनीहरूको ०५० जेठ ३ गते दासढुंगामा गाडी दुर्घटनामा निधन भएको थियो।