Skip This
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १ बिहीबार
  • Thursday, 15 May, 2025
२o८२ जेठ १ बिहीबार १o:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १ बिहीबार १o:१६:oo

जिल्लाको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको  छ। गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु. चार करोड ४६ लाखमा  बहुवर्षीय ठेक्का लगाएर निर्माण प्रारम्भ गरेको हो  ।  

उक्त कार्यालयका सूचना अधिकारी घनश्याम मगरका अनुसार २०८३ साउन अन्त्यसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ । पुल ३५ मिटर लामो र  दुवैतर्फ २.४ मिटर पैदलमार्गसहित ८.४ मिटर चौडा हुनेछ । हालसम्म भौतिक ४५ र वित्तीय प्रगति ३७ प्रतिशत भएको छ। 

यसैबिच, प्रदेश सरकारले घरपझोङ गाउँपालिकाको थाक पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, ढुम्बा, स्याङ, छैरो–चिमाङ र मार्फा जोड्ने १०.५ किलोमिटर सडक स्तरोन्नति गरिरहेको छ ।