१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:४४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मैत्रीपूर्ण र एसियन छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४४:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार मैत्रीपूर्ण र एसियन कप छनोटका लागि प्रारम्भिक ३० जना खेलाडी सम्मिलित राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले नेपाल सुपर लिग र मोसफलमा आयोजित फुटबल प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडी समेटिएर प्रारम्भिक टोली घोषणा गरेका हुन् । 

एन्फाले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी समावेश गरिएको बताए पनि सुपर लिगका केही राम्रा खेलाडीलाई समावेश गरेन् । नेपाल सुपर लिगमा पहिलोपटक उपविजेता पोखरा थन्डर्सका युवा स्ट्राइकर समीर तामाङ र पदम भट्टराईलाई एन्फाले प्रारम्भिक चरणमा समावेश गरेको छैन । यसैगरी, उपाधि रक्षा गरेको ललितपुर सिटीका आदित्य शाक्य प्रारम्भिक चरणमै परेनन् ।

प्रशिक्षक रोसले गत महिना सिंगापुर र मलेसियासँगको खेलमा छनोट गरेका खेलाडीलाई यसपटक बाहिर राखेका छन् । नेपालले गत चैतमा सिंगापुरसँगको मैत्रीपूर्ण र एसियन कप छनोटमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । यी दुवै खेलमा सहभागी डिफेन्डर रनदिप पौडेल, स्ट्राइकर भरत खवास र रेजिन सुब्बाले योपटक स्थान बनाउन सकेनन् ।

भरत र रेजिनले नेपाल सुपरलिग खेलेका थिएनन् । रनदिपले लिगमा सोचे जस्तो प्रदर्शन गर्न सकेनन् । नेपालले आगामी जुनमा हङकङविरुद्ध ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा प्रतिस्पर्धा गर्दै छ । 

यसैगरी, हङकङविरुद्ध खेल्ने टोलीले नै एएफसी एसियन कप छनोटमा लाओससँग भिड्नेछ । नेपाल र हङकङबिच ५ जुनमा र लाओसविरुद्ध २० जुनमा खेल हुने एन्फाले जनाएको छ । एन्फाले प्रारम्भिक चरणमा परेका खेलाडीहरूलाई १७ वैशाखसम्म एन्फाको मुख्य कार्यालयमा सम्पर्क गर्नु भनेको छ । 

फिफा डेमा खेल
नेपाल र हङकङबिचको खेल फिफा डेमा हुनेछ । यस खेलले अन्तर्राष्ट्रिय मान्यता पाउनेछ । राम्रो नतिजा निकाल्दा नेपालको वरीयतामा सुधार हुनेछ । मैत्रीपूर्ण खेल हङकङको घरेलु मैदानमा हुनेछ ।

नेपालले सन् १९८८ पछि हङकङविरुद्ध खेल्न लागेको हो । ३७ वर्षअघि एएफसी एसियन कपको समूह तीनमा नेपालले पहिलोपटक हङकङविरुद्ध खेल्दा बराबरी नतिजा निकालेको थियो । फिफा वरीयतामा हङकङ १५३औँ र नेपाल १७५औँ स्थानमा छ । मैत्रीपूर्ण खेलपछि नेपालले एफसी एसियन कप छनोटको खेलमा लाओससँग खेल्नेछ । यो खेल लाओसको घरेलु मैदानमा हुनेछ । एसियन कप छनोटअन्तर्गत तेस्रो चरणमा नेपालले दोस्रो खेल खेल्न लागेको हो । यसअघि पहिले छनोट खेलमा नेपालले मलेसियासँग २–० ले पराजित भएको थियो ।