१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:३१:oo
Read Time : < 1 मिनेट
समाचार

वार्ता नमिलेपछि शिक्षकहरूले आज पनि आन्दोलन जारी राख्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:३१:oo

शिक्षकहरूले आज पनि आन्दोलन जारी राख्ने भएका छन्। सोमबार राति भएको वार्तामा सहमति नभएपछि आन्दोलन जारी राख्न लागेका हुन्। 

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आह्वान गरेका छन्, ‘राज्य दिन चाहँदैन, आन्दोलनविना केही पाइँदैन । त्यसैले आन्दोलन बलियो गराऔँ।’ आज पनि ११ बजे माइतीघरमा उपस्थित भएर शिक्षकहरूले आन्दोलन गर्न लागेका हुन्। शिक्षा विधेयक छिटो ल्याउनुपर्ने मागसहित उनीहरू पढाइ छाडेर २८ दिनदेखि आन्दोलनमा उत्रिएका छन्। 

सोमबार राति ११ बजे शिक्षा मन्त्रालयमा आन्दोलनरत शिक्षकहरूसँग वार्ता भए पनि सहमति हुन नसकेको हो।