१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025
२o८२ बैशाख १६ मंगलबार o८:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आजदेखि विद्यालय खोल्न ललितपुर महानगरको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार o८:३o:oo

ललितपुर महानगरपालिकाले आजदेखि विद्यालय खोली शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

आन्दोलनरत शिक्षक र सरकारका नाममा सर्वोच्च अदालतले दिएको आदेशबारे स्मरण गराउँदै महानगरले मंगलबारदेखि सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन गर्न महानगरभित्रका सबै सामुदायिक विद्यालयलाई निर्देशनात्मक परिपत्र गरेको हो । 

सर्वोच्चले शिक्षकका माग तत्काल सम्बोधन गरेर तीन दिनभित्र विद्यालय फर्काउन सरकारका नाममा अन्तरिम आदेश दिएको थियो ।

‘विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू, नगराउनू भनी भएको आदेशबमोजिम यस महानगरपालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालय ०८२/०१/१६ बाट नियमित पठनपाठन, विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नू, गराउनू हुन अनुरोध छ,’ महानगरले भनेको छ ।

महानगरपालिकाले ल्याएको शैक्षिक कार्यपात्रोअनुसार पनि विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलाप सञ्चालन हुन नसकेको विषयमा पनि महानगरले ध्यानाकर्षण गराएको छ ।