१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025
२o८२ बैशाख १६ मंगलबार o७:२८:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : १४ वर्षीय वैभवले लगाए दोस्रो छिटो शतक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १६ मंगलबार o७:२८:oo

राजस्थान रोयल्सका १४ वर्षीय वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आइपिएल)ले दोस्रो छिटो शतकीय इनिङ्स खेलेका छन् । वैभवले १८औँ संस्करणमा गुजरात टाइटन्सविरुद्ध ३५ बलमै शतक लगाएका हुन् । आइपिएलको इतिहासमा सबैभन्दा कम बलमा शतक बनाउने खेलाडी वेस्ट इन्डिजका क्रिस गेल हुन् ।

सन् २०१३ मा गिलले बेंग्लोरबाट खेल्ने पुणेविरुद्ध ३० बलमा शतक लगाएका थिए । वैभवले राजस्थानका पूर्वखेलाडी युसुफ पठानको दोस्रो छिटो शतक तोडेका हुन् । पठानले सन् २०१० मा मुम्बई इन्डियन्सविरुद्ध ३७ बलमा शतक बनाएका थिए ।

आइपिएलमा दोस्रो छिटो शतकीय इनिङ्सको रेकर्ड वैभवले आफ्नो नाममा लेखाएका छन् । १८औँ सिजनमा सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड वैभवकै नाममा रह्यो । उनले गुजरातविरुद्ध १७ बलमा ५० रन पूरा गरेका थिए । 

इनिङ्सको ११.५ ओभरमा प्रसिद्ध कृष्णाको ओभरमा बोल्ड हुनुअघि वैभवले ३८ बलमा सात चौका र ११ छक्का प्रहार गरी १०१ रन बनाएका थिए । 

वैभव र यशस्वी जैसवालले पहिलो विकेटका लागि ११.५ ओभरमा १६६ रनको साझेदारी गरे । वैभवकै उत्कृष्ट शतकीय इनिङ्सको मद्दतमा राजस्थानले गुजरातमाथि सानदार ८ विकेटको जित दर्ता गरेको छ । राजस्थानले गुजरातले दिएको दुई सय १० रनको लक्ष्य १५.५ ओभरमा पूरा गरेको हो । यसक्रममा जैसवालले ४० बलमा नौ चौका र दुई छक्का प्रहार गरी ७० रनको नटआउट योगदान दिए । 

गिल र बटलरका अर्धशतक
पहिलो ब्याटिङ गरेको गुजरातका लागि कप्तान सुभमन गिल र जोस बटलरले अर्धशतकीय योगदान दिए । गिलले ५० बलमा चार छक्का र पाँच चौका प्रहार गरी ८४ रन बनाए । बटलरले २६ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै ५० रनको योगदान दिए । ओपनर साई सुदर्शनले ३० बलमा चार चौका र एक छक्का प्रहार गरी ३९ रन जोडे ।