१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लन्डन म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:o९:oo

१३औँ दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले विश्वचर्चित लन्डन म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सन्तोषीले आइतबार आफ्नै व्यक्तिगत रेकर्ड भंग गरेकी हुन् ।

लन्डन म्याराथन दौड पूरा गर्न उनले दुई घण्टा ४२ मिनेट ५० सेकेन्ड लाइन् । यसपटक उनले निर्धारित दूरी तीन मिनेट ३६ सेकेन्डअगाडि पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । नेपाल युके रनको पहलमा सन्तोषीले लन्डन म्याराथनमा भाग लिएकी हुन्‌ ।

सन्तोषीले दुई वर्षअघि बंगलादेशको बंगबन्धु म्याराथनमा राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । बंगलादेशमा डेब्यु गरेको स्पर्धामै उनले दुई घण्टा ४६ मिनेट २६ सेकेन्डको समयका साथ राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । सन् २०१९ मा काठमाडौंमा भएको १३औँ सागमा उनले स्वर्ण पदक जितेकी थिइन् ।

मध्यम दूरीबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेकी सन्तोषीले १३औँ सागपछि घरेलु सबै प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छिन् । सन्तोषीले गत वर्ष फ्रान्समा भएको पेरिस ओलम्पिकको म्याराथनमा समेत सहभागिता जनाएकी थिइन् ।