१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ५ शुक्रबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ५ शुक्रबार o७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संयुक्त ट्रेड युनियनद्वारा विरोधका कार्यक्रम सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ५ शुक्रबार o७:२२:oo

निजामती कर्मचारी विधेयकमा ढिलाइ भएपछि निजामती कर्मचारीहरूले पनि विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । कर्मचारीका समस्यामा सरकार र संसद् गम्भीर नभएको भन्दै उनीहरूले आन्दोलन गर्न लागेका हुन् । 

६ वटा ट्रेड युनियनहरूको संयुक्त ट्रेड युनियनले बिहीबार विरोधका कार्यक्रमहरू सार्वजनिक गरेको छ । जसअन्तर्गत शुक्रबार संघीय मामिलामन्त्री, कानुनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । 

आगामी सोमबार सभामुखलाई तथा विभागीय कमिटीले मन्त्रालयका सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउन लागिएको छ । 

१० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद् सचिवालयअगाडि भेला आयोजना गरिने संयुक्त ट्रेड युनियनले जनाएको छ । 

संयुक्त ट्रेड युनियन सञ्जालले विभिन्न १० बुँदे माग अघि सारेका छन् । त्यसमा अस्थायी, करारलाई स्थायी गर्नुपर्नेदेखि, सरुवा, बढुवा हुँदै ट्रेड युनियन अधिकारको सुनिश्चिततासम्मका विषय छन् । संघीय कानुनबमोजिम तीनै तहमा समायोजन भएका कर्मचारीलाई ऐन जारी भएपछि एकपटकका लागि समायोजनाको छनोटको अवसर प्रदान गर्नुपर्ने उनीहरूको माग छ ।

त्यस्तै, पदपूर्तिमा खुला, अन्तरतह र बढुवाको अनुपात खरिदार वा सहायक चौथो तहका लागि ७०:२०:१० हुनुपर्ने, शाखा अधिकृत र उपसचिव वा नवौँ तहका लागि पदपूर्तिको खुला, बढुवा र अन्तरतह/आन्तरिक प्रतिस्पर्धाको अनुपात क्रमशः ५०:४०:१० र १०:८०:१० हुनुपर्ने तथा योग्यता पुगेका सहायकस्तर र खरिदारलाई पनि उपसचिवको खुला प्रतियोगितामा सहभागी हुने व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् । 

ट्रेड युनियनहरूले निजामती कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न चक्रीय र पूर्वानुमानयोग्य बनाउँदै सम्बन्धित प्रदेश तथा स्थानीय तहको सहमतिका आधारमा अन्तरप्रदेश र अन्तरप्रदेश स्थानीय तहको सरुवाको व्यवस्था गर्नुपर्ने माग पनि गरेका छन् । 

निजामती कर्मचारी विधेयक छलफलको क्रममा संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा छ । समितिले उपसमितिसमेत बनाएर प्रतिवेदन तयार गरिसकेको छ ।