
सन् २००२ को विश्वकप विजेता ब्राजिलियन डिफेन्डर रोबर्टो कार्लोस निर्धारित समयमा नेपाल नआउने भएका छन् । कार्लोसले एनएसएल लिग हेर्न शुक्रबार (५ वैशाख)मा नेपाल आउने बताएका थिए ।
तर, अप्रत्याशित परिस्थिति र अचानक स्वास्थ्यमा आएको समस्याका कारण उनी पूर्वनिर्धारित समयमा आउन नसक्ने आयोजक एनएसएलले जानकारी गराएको छ । आयोजक ब्राजिलियन लिजेन्ड कार्लोसलाई फाइनलसम्म ल्याउने तयारी भइरहेको र यसका लागि वार्ता भइरहेको आयोजकको विज्ञप्तिमा उल्लेख छ ।
‘सम्भव भएसम्म एनएसएलको फाइनलका लागि रोबर्टो नेपाल आउने गरी समन्वय गरिरहेका छौँ,’ आयोजकले जनायो, ‘सबै प्रशंसकलाई आश्वस्त पार्न चाहन्छौँ– रोबर्टो कार्लोसले निश्चित रूपमा नेपालको यात्रा गर्नेछन् र फाइनलअघि एनएसएलमा भाग लिनेछन् ।