१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
२o८२ बैशाख ४ बिहीबार १२:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारामा रोकिएन संस्थागत तस्करी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार १२:o५:oo

बारामा पछिल्लो समय प्रहरीको मिलेमतोमा अवैध रूपमा भन्सार छलेर विभिन्न सामग्रीको खुलेआम रूपमा तस्करी भइरहेको पाइएको छ। भारतसँग सीमानाका जोडिएको मटिअर्वा, मुसर्हवा नाका र छतवा नाका भएर अवैध रूपमा विभिन्न सामग्रीको तस्करी भइरहेको पाएको हो। प्रहरीकै मिलोमतोमा भारतबाट अवैध रूपमा विभिन्न सर्टिङसुटिङको कपडा, गुट्खा,  धान, माछा र किराना सामग्री नेपाल भित्रिँदै आएको पाइएको छ। यस्तै बाराकै सिमानाका भएर भारतमा ठेलामा कबाडको तस्करी भइरहेको प्रहरी स्रोतको दाबी छ। 

बारामा पछिल्लो दुई सातादेखि अवैध रूपमा विभिन्न नाका भएर अहिले दिनहुँ खुलेआम रूपमा तस्करी भइरहेको प्रहरी तथ्यांकले देखाएको छ । प्रहरी तथ्यांकअनुसार गत चैत १९ मा बारा प्रहरीले ३५ लाख ६४ हजारबराबरको जुत्ता, चप्पल, डाइफर, स्टेसनरी सामानसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसयता बारा प्रहरीले कुनै पनि सामग्री पक्राउ नगरेको प्रहरी तथ्यांकमा देखिन्छ। 

बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भन्सार छलेर अवैध रूपमा भित्रिएको ना.७ख २४२१ नम्बरको ट्रकलाई शंका लागेर चेकजाँच गर्दा विभिन्न सामग्री पक्राउ परेको हो । उनका अनुसार अवैध रूपमा भारतीय सीमानाका भएर अन्य ठाँउमा जाँदै गरेको अवस्थामा प्रहरी चौकी पथलैयाले पक्राउ गरेको हो । त्यसयता बारा प्रहरीले कुनै पनि अवैध रूपमा भित्रिँदै आएको सामग्री पक्राउ नगरेको अवस्था छ। 

अवैध रूपमा भित्रिएको सामग्रीसहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको उनले बताए । त्यसअघि बारा प्रहरीले चैत १७ मा चार लाख ४४ हजारबराबरको केराउ प्रहरीले नियन्त्रणमा लिएको तथ्यांकमा देखिन्छ । प्रहरी तथ्यांकअनुसार बलिरामपुर नाका छलेर राखिएको केराउ प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।