१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १९:१o:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

केपी ओली कप : अत्तरियाको लगातार दोस्रो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१o:oo

अत्तरिया क्रिकेट एकेडेमीले पोखरामा जारी केपी ओलीकप टी–२० राष्ट्रिय पुरुष खुला क्रिकेट प्रतियोगिता २०८१ मा लगातार दोस्रो जित हात पारेको छ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत समूह ‘डी’मा रहेको अत्तरियाले मंगलबारको खेलमा होरिजोन क्रिकेट क्लबलाई ४२ रनले पराजित गरेको हो। यसअघि सोमबार अत्तरियाले सुन्दरहरैँचा क्रिकेट क्लबलाई १ विकेटले पराजित गरेको थियो।

मंगलबार सम्पन्न अर्को खेलमा मालपोखरी क्रिकेट क्लबले सुन्दरहरैँचालाई ४ विकेटले पराजित गर्‍यो। समूह ‘डी’मा रहेका चार टोलीले समान २/२ खेल खेल्दा अपराजित अत्तरिया ४ अंकसहित शीर्ष स्थानमा छ भने १ जित र १ हारसहित होरिजोन र मालपोखरीको समान २/२ अंक छ। सुन्दरहरैँचा भने जितविहीन रहेको छ।

मंगलबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको होरिजोनले १९.१ ओभरमा १० विकेट गुमाएर १४० रन जोडेको थियो। १४१ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङको लागि मैदान उत्रेको अत्तरियाले १८.२ ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

खराब सुरुवात गरेको होरिजोनका दुवै ओपनरले कुनै रन जोड्न सकेनन्। चौथो नम्बरमा ब्याटिङका लागि आएका कमल विष्टले टोलीका लागि सर्वाधिक ३९ रन जोड्ने क्रममा ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरे। विप्रसन केसीले १५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३५, नरबहादुर सार्कीले २७ र निर्मल गुरुङले १३ रन जोडे।

अत्तरियाका लागि चौथो नम्बरमा ब्याटिङका लागि आएका प्लेयर अफ दी म्याच टेक रावतले उत्कृष्ट प्रदर्शनी गदै अर्धशतक प्रहार गरे। ४२ बल सामना गरेका उनले ९ चौका र १ छक्का प्रहार गर्दै टोलीका लागि ६१ रनको योगदान गरेका थिए। ओपनर विपिन रावलले २६, अर्जुन विकले १६ र हिक्मत महर १३ रनमा अविजित रहे।

अत्तरियाका वसन्त खत्रीले १.१ ओभरमा ४ रन खर्चेर ३ विकेट लिँदा भोजराज भट्टले ४ ओभरमा १७ रन खर्चेर समान ३ विकेट हात पारे।  सुशील साउदले २, हिक्मत महर र अर्जुन विकले समान १-१ विकेट हात पारे। होरिजोनका लागि तुलबहादुर थापा र सुवम खनालले समान २-२, महेश भार र निर्मल गुरुङले १-१ विकेट लिए।

दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको सुन्दरहरैँचाले २० ओभरमा १० विकेट गुमाएर १२८ रन बनाएको थियो। १२९ रनको लक्ष्य पछ्याएको मालपोखरीले १७.३ ओभरमा ६ विकेट गुमाएर १३१ रनका साथ लक्ष्य पूरा गर्‍यो।

सुन्दरहरैँचाका लागि समीर कार्कीले सर्वाधिक ३१ रन बनाउने क्रममा १९ बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए। मिर्नल गुरुङले १९, रूपक बरालले १७, सन्दीप ढुंगानाले १४, गौरव कटवालले १४ र मनीष थापाले १० रन जोडे।

मालपोखरीका लागि तेस्रो नम्बरमा ब्याटिङका लागि आएका प्लेयर अफ दी म्याच विजय गुप्ताले सर्वाधिक ५९ रन बनाउँदै अर्धशतक पूरा गरे। ४६  बल सामना गरेका गुप्ताले ८ चौका र २ छक्का प्रहार गरेका थिए। रनभिर यादवले १४, सोहनकुमार यादवले १३ र डब्लु मलिकले टोलीका लागि १० रन जोडेका थिए।

मालपोखरीका सिराज हवारी र जितेश मन्डलले समान २/२, सन्दीप खड्का, पंकज यादव र सोहनकुमार यादवले समान १-१ विकेट हात पार्दा सुन्दरहरैँचाका समीर कार्कीले २, सन्दीप ढुंगाना, प्रकाश कार्की र ओमकार यादवले समान १/१ विकेट हात पारे।

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेलमा होरिजोन र सुन्दरहरैँचा भिड्दा दोस्रो खेलमा अत्तरिया र मालपोखरीले प्रतिस्पर्धा गर्नेछन्। बुधबारको खेलसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लाग्नेछ।