
बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका– ९ दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहीबार बागमती प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको यात्रुवाहक बस चिप्लिएर मे १ ख ३३९४ नम्बरको हाइस गाडीमा ठक्कर दिँदा ११ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बस चिप्लिएर हाइसमा ठक्कर दिई सडकबाट करिब २० मिटर तल खसेको थियो । बसमा सवार १५ जनामध्ये ११ जना घाइते भई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको छ।