१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २८ बिहीबार १२:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

परिसंघद्वारा म्यानमारका भूकम्प प्रभावितलाई राहत वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार १२:o७:oo

नेपाल उद्योग परिसंघले म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितलाई राहत सामग्री उपलब्ध गराएको छ । परिसंघले उक्त सामग्री नेपाल सरकारमार्फत म्यानमारलाई उपलब्ध गराएको हो । 

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर राहत सामग्री हस्तान्तरण गरे । परिसंघले चामल, दाल, चिउरा, चाउचाउ, बिस्कुटलगायतका खाद्य सामग्री उपलब्ध गराएको हो । सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालयका उच्च अधिकारीहरू, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायत उपस्थित थिए ।