१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १३:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोटरसाइकल ठोक्किँदा घाइते दुईजनाको मृत्यु, एकको उपचार हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२८:oo

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सिराहाको धनगढीमाई नगरपालिका– ७ कसाहा खण्डमा बुधबार बिहान करिब साढे ११ बजेतिर विपरीत दिशातर्फ जाँदै गरेको दुई मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका सुखीपुर नगरपालिका– ८ का करिब ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका– १२ का करिब २८ वर्षीय सन्तोषकुमार यादवको धनगढीमाई– ९ मुसहर्नियास्थित आरके मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार सन्तोषले चलाएको मोटरसाइकलपछाडि बसेका सिराहा नगरपालिका– १२ का करिब २४ वर्षीय सिकन्दर यादवको टाउको, हात र खुट्टामा चोट लागेर गम्भीर अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको छ ।

पूर्वतर्फ आउँदै गरेको गिरीले चलाएको बा.४४ प १५६१ नम्बरको माटरसाइकल र पश्चिमतर्फ जाँदै गरेको सन्तोषले चलाएको स.५ प ७७४० नम्बरको मोटरसाइकल कसहा चोकमा आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुवै मोटरसाइकल तीव्र गतिमा रहेकाले आपसमा ठोक्किएको आशंका गरिएको छ । प्रहरीका अनुसार मृतक दुवैजनाको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको र घटनाको थप अनुसन्धान थालिएको छ ।