१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १३:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाणिनि तपोभूमिमा प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२४:oo

प्रधानमन्त्री केपी ओली पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गर्न अर्घाखाँचीको पाणिनि आइपुगेका छन्। पाणिनिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका छन्।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन हुँदै छ। सम्मेलन दुई दिनसम्म चल्नेछ। पाकिस्तानको लाहोरबाट सयौँ वर्ष पहिले अर्घाखाँचीको पाणिनिमा आएका पाणिनि ऋषिले पाणिनि गाउँपालिकाकाे पाणिनिमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहास रहेको छ।

विश्वको प्राचीन भाषा संस्कृत व्याकरणको उत्पत्ति र रचना भएको पाणिनि तपोभूमिको गरिमा र महत्त्वलाई सम्मेलनमार्फत प्रचारप्रचार गरी संसारभर चिनाउने उद्देश्य राखिएको आयोजकले बताएकाे छ।