
बारा प्रहरीले १० किलो सात सय ग्राम लागुऔषध गाँजासहित मकवानपुरका एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका– ६ का ३८ वर्षीय रवि थिङ रहेका छन् ।
थिङलाई जितपुरसिमरा उपमहानगरपालिका– २१ स्थित अमलेखगन्जबाट पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता डिएसपी विजयबाबु पण्डितले जानकारी दिए।डिएसपी पण्डितका अनुसार हेटौँडाबाट वीरगन्जतर्फ आउँदै गरेको ना.३६प २१७७ नम्बरको पल्सर मोटरसाइकललाई प्रहरी कार्यालयअगाडिको चेकप्वाइन्टमा रोक्न खोज्दा थिङ भागेका थिए ।
प्रहरीले लखेट्दै गएर नजिकैको गणेश मन्दिरछेउमा फेला पारी खानतलासी लिँदा थिङले बोकेको कालो झोलामा ६ किलो र मोटरसाइकलको तेल ट्यांकीभित्र चार किलो सात सय ग्राम लागुऔषध गाँजा लुकाइछिपाइ ल्याइएको भेटिएको प्रहरीले जनाएको छ ।