१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:o६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘दोस्रो नेसनल हर्टिकल्चर एक्स्पो– २०८१’ बिहीबारदेखि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:o६:oo

‘दोस्रो नेसनल  हर्टिकल्चर एक्स्पो– २०८१’ बिहीबारदेखि सुरु हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा यही चैत ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजक नर्सरी व्यवसायी संघ नेपालले जनाएको छ । 

समग्र नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाका रूपमा यस वर्षदेखि पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका व्यावसायिक उत्पादनको बृहत् प्रदर्शनी गरिने मेलाका संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष रविनकुमार गौतमले जानकारी दिए।
    
एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीका सात सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्री–वितरणका लागि राखिनेछ । साथै मलखाद, जैविक एवं रासायनिक विषादी, बिउबिजन, गमला, औजार–उपकरण तथा प्रविधिका समेत स्टल रहनेछन् । 

यसपटक उपत्यकाबाहिरका नर्सरी व्यवसायीको समेत सहभागिता र स्टल रहने हुनाले देशैभरका उत्पादनबारे जानकारी लिन सजिलो हुने नर्सरी व्यवसायी संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए। अध्यक्ष तिमिल्सिनाका अनुसार एक्स्पोमा कम्तीमा ५१ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै एक करोड २५ लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा संघको रहेको छ ।
    
मेलामा ७४ व्यावसायिक स्टल, तीन फुड स्टल, सात अफिसियल स्टल तथा प्रतिस्पर्धाका पाँचवटा स्टल रहने जनाइएको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति एक सय र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँ रहेको छ । 

नर्सरी व्यवसायीको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीको हौसला बढाउन सिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । प्रतिस्पर्धाको मूल्यांकन गर्न कृषि बागवानीविज्ञ, वनस्पतिविज्ञ साथै माटो तथा पर्यावरणविज्ञसहितको संलग्नतामा तीन सदस्यीय मूल्यांकन समिति गठन गरी ‘दीर्घकालीन क्रियाशील नर्सरी व्यवसायी सम्मान’ र ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’द्वारा एक व्यवसायीलाई सम्मान गरिने नर्सरी व्यवसायी संघले जनाएको छ ।