मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Wednesday, 09 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २५ सोमबार o५:५६:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : बालकको मिहिनेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार o५:५६:oo

अमेरिकाको कुनै गाउँमा एउटा लुरे केटो बस्थ्यो । उसको परिवार अत्यन्त गरिब थियो । भीषण गरिबीकै कारण उसको शरीरमा हम्मेसी नयाँ र राम्रा लुगा पर्दैनथे । केटाको परिवारले उसको स्कुलको शुल्क तिर्नसमेत सक्दैनथ्यो । उनीहरूसित बस्नका लागि राम्रो घर पनि थिएन । यस्तोमा उसले ठिकसँग शिक्षा प्राप्त गर्न सकिरहेको थिएन । यसै कारणले गर्दा ऊ उदास रहन थाल्यो ।

एक दिन ऊ सडकको किनारमा उदास भएर सोचिरहेको थियो । त्यति नै खेर एउटा मानिस टाउकामा धेरै सामान राखेर हिँडिरहेको उसले देख्यो । ऊ सोही मानिसलाई हेर्दै थियो । त्यति नै खेर त्यो मानिस कतै ठोक्किएर लड्यो । यो देख्नासाथ त्यो केटो उनको छेउमा गयो र उनलाई सहारा दिएर उठाइदियो । त्यो मानिसले उसलाई आफ्ना केही सामान बोकेर स्टेसनसम्म पुर्‍याइदिन आग्रह गर्‍यो । त्यस केटाले पनि केही नबोली खुरुक्क केही सामान बोकेर रेलवे स्टेसनसम्म पुर्‍याइदियो ।

केटाको त्यस सहयोगका लागि त्यो व्यक्तिले उसलाई पारिश्रमिकका रूपमा केही पैसा दियो । त्यो पैसाले उसले किताब किन्यो । त्यसपछि ऊ सधैँ स्टेसन आउन–जान थाल्योे र यसरी मानिसको सहायता गरेर पैैसा कमाउन थाल्यो । यसरी उसले अत्यन्त कडा मिहिनेत गरी पढाइ पूरा गर्‍यो । ऊ कानुन व्यवसायी बन्न चाहन्थ्यो । आखिर आफ्नो मिहिनेतको बलमा ऊ साँच्चै कानुन व्यवसायी बन्न सफल भयो । यही केटो एक दिन अमेरिकाको सोह्रौँ राष्ट्रपति बन्न सफल भयो । जसको नाम थियो, अब्राहम लिंकन ।