मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २४ आइतबार
  • Sunday, 06 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २४ आइतबार o८:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

‘राजनीतिक र नीतिगत स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित प्रणाली’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २४ आइतबार o८:३५:oo

 राजनीतिक दलका नेता एवं विज्ञहरूले राजनीतिक र नीतिगत स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपनाउनुपर्नेमा जोड दिएका छन् । नेसपा (नयाँ शक्ति) विज्ञ परिषद्ले शनिबार राजधानीमा आयोजना गरेको ‘सुशासन र समृद्धि एवं राजनीतिक स्थायित्वका निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली’ विषयक अन्तक्र्रियाका सहभागीले उक्त धारणा राखेका हुन् । 

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष  डा. बाबुराम भट्टराईले राजनीतिक संरचना र अर्थ–राजनीतिक जग भएकाले अर्थ–राजनीतिक व्यवस्था नसुध्रिएसम्म अन्य पक्षमा सुधार गर्न सम्भव नहुने बताए । अर्थतन्त्र सुधारका निम्ति देशमा राजनीतिक र नीतिगत स्थायित्व हुनुपर्नेमा उनको जोड थियो । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणली अपनाउन सके देशमा राजनीतिक र नीतिगत स्थायित्व हुने बताए । उनले तानासाह संसदीय व्यस्थाबाटै पनि जन्मन सक्ने बताउँदै  हिटलर संसदीय प्रणालीबाट नै आएको बताए । 

तर, कांग्रेस सांसद रामहरि खतिवडाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति स्थायित्वको अचुक मन्त्र नभई निरंकुश हुन सक्ने बताए ।  एमालेकी सचेतक सुनिता बरालले प्रणालीलाई दोष दिनुभन्दा अभ्यासमा भएका कमजोरी हटाउनुपर्ने बताइन् । माओवादीका नेता खिमलाल देवकोटाले राजनीतिक स्थायित्वको निम्ति राष्ट्रपतीय प्रणाली हुनुपर्नेमा जोड दिए । रास्वपा सांसद सन्तोष परियारले आफू राष्ट्रपति प्रणालीमा जाने पक्षको समर्थक भएको बताए । जनता समाजवादी पार्टी सांसद प्रकाश अधिकारीले राष्ट्रपति प्रणालीमा जाने पक्षको समर्थन गरे । विश्लेषक इन्द्र अधिकारीले अहिले प्रणालीभन्दा सरकार अस्थिर भएको बताइन् ।