
सप्तरीको सप्तकोशी नगरपालिका– १ फत्तेपुर (खोरियाटोल)मा बाघको आक्रमणबाट तीनजना घाइते भएका छन्। सोमबार बिहान अचानक गाउँ पसेको बाघको आक्रमणबाट करिa ६० वर्षीय गणेश खत्री, करिब ५० वर्षीय कृष्ण विष्टसहित तीनजना घाइते भएका छन्। तीनैजनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
बाघ स्थानीय फर्निचर उद्योगमा पसेको जनाइएको छ। फत्तेपुर प्रहरी चौकीको टोली बाघ खेद्न खटिएको छ। इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र नेपालले बाघ नियन्त्रणका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा समन्वय भइरहेको बताए। उक्त बाघ टप्पुबाट आएको हुन सक्ने अनुमान छ।