१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २२ सोमबार २o:३७:oo
Read Time : > 1 मिनेट
अर्थ

कुलमानलाई हटाउने सरकारको तयारी !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार २o:३७:oo

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण मागेको छ । मन्त्रालयले सोमबार घिसिङलाई पदीय मर्यादा विपरीत कार्य गरेको र असहयोगी भुमिका खेलेको भन्दै सात दिन भित्र चित्त बुझ्दो स्पष्टीकरण पेश गर्न पत्रचार गरेको हो ।

चित्तबुझ्दो जवाफ नदिए कानुन बमोजिम थप प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ। स्पष्टिकरणमा भनिएको छ,‘तपाईको कार्यसम्पादन मूल्यांकन नै गर्न नसकिने अवस्था सिर्जना भएकाले सोहि दफा बमोजिम तपाईको नियुक्ति किन अन्त्य नगर्ने यो पत्र प्राप्त गरेको ७ (सात) दिनभित्र चित्तबुझ्दो जवाफ प्राप्त हुन नत्राएमा कानून बमोजिम तपाई उपर थप प्रक्रिया अगाडी वढाइने व्यहोरा यस मन्त्रालयको मिति २०८१÷०९÷२२ को निर्णयानुसार जानकारी गराइन्छ ।’

उर्जामन्त्री दीपक खड्का र घिसिङबिच राम्रो सम्बन्ध छैन । सोही कारण  घिसिङलाई हटाउने योजनाअनुसार स्पष्टिकरण सोधिएको मन्त्रालय स्रोत बताएँछ । कुलमानलाई यसअघि तीन पटक मन्त्रालयले स्पष्टिकरण सोधिसकेको छ। 

यस्ता छन् मन्त्रालयले घिसिङमाथि लगाएका आरोप
–    प्राधिकरणका सञ्चालक समितिका बैठकहरुमा सरकारी निकायको कार्यकारी प्रमुख हैसियत भुलेर पटक पटक असहयोगी भुमिका खेल्ने गरेको 
–    सामान्य बिषयबस्तुमा समेत विवाद गर्ने गरेको
–    पदीय मर्यादा विपरीत कार्य गरेको
–    कार्य सम्पादन सम्झौता अनुरुपको कार्य सम्पादन मुलांकन सम्बन्धी विवरण पेश नगरेको । 
–    मन्त्रालयले माग गरेको ट्रान्सफर्मर खरिद अनियमितता सम्बन्धमा १५ बुँदे विवरण समयमा उपलब्ध नगराएको, ढिला उपलब्ध गराएपनि अपुरो र माग भन्दा बाहिर गई गोलमटोल जवाफ दिएको 
–    मन्त्रालयले १३ कात्तिकमा ६ बुँदे विवरण माग गरेकोमा बस्तु नष्ठ र यथार्थ परक जवाफ नपठाएको  
–    डेडिकेटेड फिडर र ट्रंक लाइन महशुल विवाद समाधान गर्न मन्त्रिपरिषद्को निर्देशन बमोजीम गठन भएको प्राविधिक जाँच समितिलाई सहयोग उपलब्ध गराउने एजेन्डामा नोट अफ डिसेन्ट लेखेको ।