मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 09 August, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १९:५o:oo
Read Time : > 1 मिनेट
प्रदेश

कांग्रेसको विशेष अधिवेशन : खाँदबारी, मादी र सिलिचोङमा सर्वसम्मत सभापति चयन

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १९:५o:oo

कांग्रेसको विशेष अधिवेशनले संखुवासभाको दुई नगरपालिका र एक गाउँपालिकामा रिक्तसभापति पद पदपूर्ति गरेको छ । शनिबार सम्पन्न विशेष अधिवेशनले जिल्ला सदमुकाममा रहेको खाँदबारी नगरपालिकामा हेमन्त राई, मादी नगरपालिकामा शान्तिकुमार दाहाल र सिलिचोङ गाउँपालिकामा संयोगान्त कुलुङलाई सर्वसम्मत सभापति पदमा चयन गरेको हो ।

तीनैवटा पालिकामा एकैपटक विशेष अधिवेशन गरेर रिक्त रहेको पदहरुमा पदपूर्ति गरेको कांग्रेसका जिल्ला सचिव टंकमान घलेले जानकारी दिए । उनले पार्टीमा धेरै साथीहरू आंकाक्षी भए पनि सहमतिमा सबैलाई समेटिएर निर्वाचन नहुने वातावरण बनाई पार्टीभित्र आन्तरिक कलह नभएको सन्देश दिएको जानकारी दिए । 

यसअघि १८ भदौ ०७८ मा संखुवासभाको १० वटै स्थानीय तहमा एकैपटक निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट पदाधिकारीहरू निर्वाचित भएर आए पनि खाँदबारी, मादी र सिलीचोङ गाउँपालिकाका अध्यक्षहरूले राजीनामा दिएपछि रिक्त भएको थियो । खाँदबारी नगरपालिकाका कांग्रेस अध्यक्ष गणेश कार्कीले नगर सभापतिबाट राजीनामा दिँदै मौन बसेका छन् भने सिलीचोङ गाउँपालिकाका सभापति भूपालराज मेवाहाङ गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएपछि पार्टीमा अर्को साथीलाई अवसर दिने भन्र्दै राजीनामा दिएका थिए । त्यसैगरी मादी नगरपालिकाका नगर सभापति यादवचन्द्र खड्काले राजीनामा दिई अर्कै पार्टी प्रवेश गरेका थिए । कांग्रेसका नगर तथा गाउँ सभापतिहरूको चारवर्षे कार्यकाल हुन्छ । 

कांग्रेस संखुवासभाका सभापति पद समेत रिक्त रहेको छ । ०७८ साल भएको जिल्ला अधिवेशनबाट वर्तमान संखुवासभाबाट प्रतिनिधिसभाका सांसद तथा हाल ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का निर्वाचित भएका थिए । उनले सांसद र जिल्ला सभापति दुवै पदमा रहेर काम गर्न नसक्ने भन्दै राजीनामा दिइसकेका छन् । छिट्टै जिल्ला सभापतिको निर्वाचन हुने कांग्रेस संखुवासभाले जनाएको छ । पार्टी सचिव घलेको अनुसार अब तीन वटै पालिकाको नजिता केन्द्रीय कार्यालयमा पठाइने र निर्वाचन समितिले जिल्ला सभापतिका लागि मिति तय गर्ने बताए । 

माघ र फागुनभित्र जिल्ला सभापतिको रिक्त पदपूर्ति हुने जिल्ला सचिव घलेको भनाइ छ । कांग्रेस केन्द्रीय कार्यालयले गएको १ असोजबाट कांग्रेसको सयदिने सांगठनिक विशेष अभियान सुरु गरेको छ । उक्त अभियान आगामी १६ माघभित्र सम्पन्न गरिसक्नु पर्नेछ । सोही सयदिने अभियानले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउने, रिक्त रहेको पद पूर्ति गर्ने, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने सर्कुलर भए अनुसार विशेष अधिवेशन गरेर रिक्त रहेको पदपूर्ति गरेको जिल्ला सचिव घलेको भनाइ छ ।