Skip This
बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ४ आइतबार
  • Thursday, 22 May, 2025
२o८१ कार्तिक ४ आइतबार १४:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ४ आइतबार १४:५३:oo

लामो समयसम्म रिक्त रहेको बागमती प्रदेश लोकसेवा अयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन्। उनलाई आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नियुक्त गरेका हुन्।

प्रदेश कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा सोही धाराको दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई नियुक्त गरिएको जानकारी गराएको छ।

श्रेष्ठलाई प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वमा विपक्षी दलका नेता र प्रदेश सभाका सभामुख रहेको सिफारिस समितिले अध्यक्षमा सिफारिस गरेको थियो। प्रदेश लोकसेवा अयोग ऐन, २०७६ अनुसार सिफारिस समितिमा प्रदेशका मुख्यमन्त्रीसहित विपक्षी दलका नेता र प्रदेश सभाका सभामुख सदस्य रहने व्यवस्था छ।

नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका– १ का श्रेष्ठ यसअघि बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयमा निर्देशकका रूपमा कार्यरत थिए। उनको शपथग्रहण कार्यक्रम सोमबार हुने जनाइएको छ।

यसअघि शुक्रबार आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले आफूभन्दा कनिष्ठलाई आयोगको अध्यक्षमा सिफारिस गरेको भन्दै पदबाट राजीनामा दिएका थिए।