Skip This
एमालेले पुनः माग्यो प्रधानमन्त्रीको राजीनामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २३ आइतबार १२:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले पुनः माग्यो प्रधानमन्त्रीको राजीनामा

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न एमाले संसदीय दलको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार १२:५३:oo

सरकार छाडेर कांग्रेससँग नयाँ गठबन्धन गरेको एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल पदबाट राजीनामा गर्न माग गरेको छ। 

संघीय संसद् भवनस्थित ल्होत्से हलमा आज बसेको संसदीय दलको बैठकले सरकार अल्पमतमा परिसकेकाले तत्काल राजीनामा दिन र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न माग गरेको हो।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्रीले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावको सामना गर्ने तयारी गरेका छन्। तर, एमालेले त्यसअघि नै राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न माग गरेको हो। यसअघि एमालेको सचिवालय बैठकले पनि प्रधानमन्त्रीको राजीनामा मागेको थियो।

आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक महेश बर्तौलाले बैठकले कांग्रेससँगको समझदारीलाई स्वागत गरेको र प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरेको जानकारी दिए।

उनका अनुसार बैठकमा दलका नेता तथा पार्टी अध्यक्ष केपी ओलीले  मुलुकलाई स्थायित्व, स्थिरता दिने, विकास, समृद्धि र सुशासनका लागि बलियो सरकार निर्माण गर्ने प्रक्रियाअन्तर्गत कांग्रेससँग गठबन्धन गर्नुपरेको बताएका थिए।