Skip This
कोपा अमेरिकामा उरुग्वेसँग ब्राजिल स्तब्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २३ आइतबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २३ आइतबार १२:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कोपा अमेरिकामा उरुग्वेसँग ब्राजिल स्तब्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २३ आइतबार १२:२२:oo

ठूला प्रतिस्पर्धामा खराब प्रदर्शनलाई निरन्तरता दिएको ब्राजिल कोपा अमेरिका २०२४ को क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

अघिल्लो कोपा अमेरिकामा फाइनलमा अर्जेन्टिनासँग स्तब्ध भएको ब्राजिल यसपटक उरुग्वेसँग क्वार्टरफाइनलमा स्तब्ध हुन पुग्यो।

यसपटक उपाधि दाबेदार मानिएको ब्राजिललाई उरुग्वेले टाइब्रेकरमा ४–२ गोलअन्तरले रोकेको हो। 

अमेरिकामा जारी प्रतियोगिताको निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटभित्र कुनै पनि टिमले गोल गर्न सकेनन्। यस्तोमा सीधै टाइब्रेकरमा पुगेको खेलमा उरुग्वेका गोलरक्षक सर्जिओ रचिट नायक साबित भए।

ब्राजिलका एडर मिलिसाओ र डग्लस लुइजको बल गोल हुन नसक्दा ब्राजिल पछि परेको थियो। उता, उरुग्वेका कप्तान जोसे जिमिनेजले पनि गोल गर्न नसकेपछि ब्राजिलको आशा पलाएको थियो । तर, अन्तिम प्रहारमा म्यानुएल उगार्टेले गोल गर्दै उरुग्वेलाई सेमिफाइनलमा कोलम्बियासँगको भेट पक्का गरे।