१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
२o८१ असार १२ बुधबार १o:५३:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

फ्रान्सेली राष्ट्रपति म्याक्रोँले मोलेको जोखिम

देश/विदेश

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १o:५३:oo

नेसनल एसेम्ब्ली भंग गरेर निर्वाचन गराउने घोषणाले म्याक्रोँका आफ्नै पार्टीका प्रतिनिधिसमेत स्तब्ध छन् 

इमानुएल म्याक्रोँ जोखिम लिने नेताका रूपमा चिनिन्छन् । हुन पनि ३८ वर्षको उमेरमा उनले नयाँ मध्यमार्गी पार्टी स्थापना गरे र स्थापनाको मुस्किलले एक वर्षमै सो पार्टीका उम्मेद्वारका रूपमा फ्रान्सका राष्ट्रपतिमा निर्वाचित भए । अहिले फेरि म्याक्रोँले नयाँ राजनीतिक जोखिम लिएका छन् जसले उनको दोस्रो कार्यकालको आगामी तीन वर्षको शासनलाई गम्भीर जोखिममा पार्न राख्छ । गत जुन ९ मा उनले देशको संसद् नेसनल एसेम्ब्ली भंग गर्ने र जुन ३० र जुलाई ७ मा दुई चरणको निर्वाचन गराउने घोषणाले उनका आफ्नै पार्टीका जनप्रतिनिधिलाई समेत स्तब्ध बनायो । 

म्याक्रोँको निर्णय युरोपेली संसद्को चुनावमा उनको पार्टी रेनेसाले प्राप्त गरेको अप्रत्यासित परिणामको प्रतिक्रिया थियो । पार्टीले मरिन ले पेनको कट्टर दक्षिणपन्थी पार्टी नेसनल र्‍याली (आरएन)ले प्राप्त गरेको मतको आधा मत मात्रै पायो । २८ वर्षीय जोर्डन बर्डेलाको नेतृत्वमा रहेको आरएनले ३१ प्रतिशतभन्दा बढी प्राप्त गर्‍यो, जुन युरोपेली चुनावमा एउटा पार्टीका लागि कीर्तिमानी हो । मतपरिणाम सार्वजनिक भएको साँझ टेलिभिजन सम्बोधनमार्फत म्याक्रोँले चुनाव घोषणा गर्दै निर्णयलाई ‘गम्भीर, भारी’को संज्ञा दिए तर नयाँ परिस्थिति सिर्जना भइसक्दा पनि ‘केही भएकै छैन जस्तो गरी अगाडि बढ्न नसक्ने’ उनले बताए । 

राष्ट्रपतिको अनुमानमा जसरी पनि उनले नयाँ संसदीय चुनावका लागि सशक्त राजनीतिक मागको सामना गर्ने सम्भावना थियो । उनी अहिले अल्पमतको सरकारको नेतृत्व गर्छन् । सरकारलाई कानुन पारित गर्न कठिनाइ हुने गरेको छ । म्याक्रोँ सरकारले विधेयक कार्यन्वयन गर्न नियमित रूपमा संवैधानिक प्रावधानको प्रयोगको सहारा लिँदै आएको छ । अहिले संसद् विघटन गरेर म्याक्रोँले कम्तीमा आफ्नो चाल चालेका छन् ।

फ्रान्सेली राष्ट्रपतिले उनका एक सल्लाहकारले भनेझैँ ‘स्पष्टीकरणको क्षण’ अपेक्षा गरेका छन् । आरएनप्रतिको जनसमर्थन वास्तविक हो होइन भन्ने देखिनेछ । त्यस अवस्थामा उनको पार्टीले कर, अध्यागमन र ऊर्जामाथिको नीति पुनरविचार गर्नुपर्नेछ । यस उद्देश्यका लागि रेनेसाले अन्य उदारवादी पार्टीलाई आरएनविरुद्ध ‘रिपब्लिकन मोर्चा’लाई समर्थन जनाउन बाध्य पार्न खोजिरहेको छ । अन्ततः म्याक्रोँको लक्ष्य भनेको जर्मन शैलीको गठबन्धन वार्तालाई विचार गर्न इच्छुक पार्टीबीचको संसदीय प्रतिनिधित्वलाई फराकिलो बनाउने प्रयास गर्नु हो । यदि बिचमा वामपन्थी तप्का विभाजित भयो भने राष्ट्रपति म्याक्रोँका लागि धेरै राम्रो ।

तर, विगतमा कुनै प्रगति नभएको गठबन्धन वार्ता यसपटक सफल हुन्छ भन्ने स्पष्ट छैन । म्याक्रोँका लागि वास्तविक जोखिम यो हो कि त्यस्ता छलफलले उनको पार्टीको भाग्य बदल्न सक्दैनन् । जे भए पनि रेनेसा र उसका साझेदार सम्भवतः प्रभावकारी रूपमा चुनावी सिट गुमाउने तयारीमा छन् । निर्वाचनपछि त्रिशंकु संसद् बन्ने र र आरएनले अहिले प्राप्त गरेको ८८ सिट (५७७ मध्ये) को तीन गुणा ल्याउन सक्ने प्रारम्भिक सर्वेक्षणहरूले सुझाव दिएका छन् । यदि त्यसो भएमा म्याक्राँेले ले पेनको पार्टीलाई सरकार गठनका लागि आमन्त्रित गर्न बाध्य हुनेछन् । पेनले बर्डेलालाई प्रधानमन्त्री बनाउने बताएकी छिन् । कुनै समय काल्पनिक र डरमा रहेको यस्तो सम्भावनालाई अहिले गम्भीरतापूर्वक लिइएको छ ।

दुई चरणको चुनावमा पेनको पार्टीलाई समानुपातिक प्रतिनिधित्वको आधारमा एकल चरणको युरोपेली निर्वाचनमा भन्दा सिट जित्न गाह्रो हुनेछ । युरो पोलमा उनको पार्टी फ्रान्सका ९३ प्रतिशत सहर र गाउँहरूमा शीर्ष स्थानमा देखिएको छ । यसबाहेक, राष्ट्रवादी दक्षिणपन्थीमा पार्टी बफादारहरू अस्थिर छन् । जुन ११ मा एक नाटकीय क्षणमा र उनका धेरैजसो सहकर्मीको निराशामा सेन्टर राइट रिपब्लिकनका प्रमुख एरिक सिओटीले आफ्नो पार्टी आरएनसँग मिलेर काम गर्ने घोषणा गरे । त्यसपछि पार्टीको ब्युरोको बैठक बस्यो र उनलाई निष्कासन गर्‍यो । तर, दशकौँदेखि त्यस्ता सम्झौताबाट वञ्चित गर्ने कर्डन सेनिटेयर स्पष्ट रूपमा द्वन्द्वमा छ ।

वामपन्थीमा अर्को अपवित्र गठबन्धन फेरि देखा परेको छ । यसले चार पार्टीलाई एकै ठाउँमा ल्याउँछ, जुन एकपटक बेबकुफ बनाइएको थियो– कट्टर वामपन्थी विद्रोही नेता जिन लुक मेलेनचोनले बनाएको समूह । संवैधानिक पार्टीहरू (अनसबमिसिभ फ्रान्स, कम्युनिस्टहरू, ग्रिन्स र सोसलिस्ट) आणविक शक्ति, नेटो, युरोपेली संघ र अन्य धेरै कुरामा असहमत छन् । तिनीहरू म्याक्रोँको भित्री घृणाबाट एकताबद्ध छन् । उदारवादी वामपन्थीले अब यस्तो गठबन्धनमा बाँधिएका उम्मेदवारलाई भोट हाल्न सक्नेछैनन् भन्ने उनलाई सबैभन्दा राम्रो आशा छ ।

यी सबैले बजारलाई भयभीत बनाएको छ । जुन १० मा मध्याह्नसम्म पेरिस क्याक ४० (फ्रेंच स्टकमार्केट इन्डेक्स)ले आफ्नो मूल्यको दुई प्रतिशत गुमायो, र फ्रान्सका ठूला बैंकहरूको सेयरको मूल्य नौ प्रतिशतसम्म घट्यो । म्याक्रोँको पार्टीभित्र पनि अधिकारीले गम्भीर टिप्पणी सुनाउँछन् । म्याक्रोँका एक सहयोगी भन्छन् कि उनी राम्रोसँग सुत्न सकिरहेका छैनन् । एक मन्त्रीले आफू ‘धेरै चिन्तित’ भएको कुरा स्विकार्छन् ।

सन् १९९७ मा तत्कालीन राष्ट्रपति ज्याक सिराकले आफ्नो बहुमत ल्याउने आशामा संसद् विघटन गरेका थिए । विघटनको दुई वर्षअघि व्यापक हडताल र विरोधका कारण उनी कमजोर बनेका थिए । यसको सट्टा विपक्षी समाजवादी सत्तामा पुगे र सिराक पाँच वर्षका लागि असहज अवस्थामा रहन बाध्य भए । यही कारणले पनि हुन सक्छ म्याक्रोँका ३५ वर्षीय प्रधानमन्त्री गेब्रियल एटलले पनि उनलाई चुनाव आह्वान गर्न उचाले । अर्को पार्टीका व्यक्तिले यो निर्णयलाई ‘पागल’ भने ।

म्याक्रोँलाई पक्कै पनि आफ्नो इतिहास थाहा छ । तर, उनी प्रायः विश्वस्त छन् कि उनले नमुना (उदाहरण) अस्वीकार गर्न सक्छन् र अरूले गर्न नसक्ने चिज हटाउन सक्छन् । ‘म एक असाध्य आशावादी हुँ,’ उनले संसद् भंग गरेको तीन दिनपछि घोषणा गरे । उनले फ्रान्सेलीलाई ‘हारको भावना’मा समाहित नहुन आग्रह गरे । फ्रान्सेली राष्ट्रपतिले सरकारको मागहरूले आरएनको अक्षमतालाई मतदातासामु पर्दाफास गर्न र ०२७ मा हुने अर्को राष्ट्रपतिको चुनावअघि यसको अपिललाई कमजोर पार्न सक्ने जोखम मोलिरहेका हुन सक्छन् । त्यो भ्रमपूर्ण सोच हुन सक्छ । जे भए पनि म्याक्रोँको विरासतका साथै उनको विश्वसनीयता अब जोखिममा छ ।

–द इकोनोमिस्टबाट