Skip This
प्रधानमन्त्री प्रचण्डसँग एमनेस्टी इन्टरनेसनलकी महासचिवको शिष्टाचार भेट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Sunday, 16 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ११ शुक्रबार १९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डसँग एमनेस्टी इन्टरनेसनलकी महासचिवको शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १९:१७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमनेस्टी इन्टरनेसनलकी महासचिव अग्नेज काल्लामार्डले आज शिष्टाचार भेट गरेकी छिन्। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा उहाँहरूबीच संक्रमणकालीन न्याय एवं मानव अधिकारसम्बन्धी विविध विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। 

तिमिल्सिनाका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहँदै नेपाल मानव अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न सधैँ प्रयत्नशील रहेको स्पष्ट पारेका थिए। 

प्रधानमन्त्री दाहालले संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी मस्यौदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताए। 

त्यस अवसरमा महासचिव काल्लामार्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री दाहालले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै संक्रमणकालीन न्यायसम्बन्धी कानुन छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुंगिने विश्वास व्यक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

ad
ad
ad
ad